सुर्खेत, ०५ वैशाख। हुम्लामा पनि सत्तारुढ गठबन्धनविच चुनावि तालमेल नहुने भएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले जानकारी दिए । ‘पटक–पटक सहमतिको प्रयास गरियो तर कुरो मिलेन’ उनले भने, ‘स्थानीय तहको नेतृत्व कसले बढी लिने भन्नेमै कुरा अड्कियो, अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’
सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।
प्रतिक्रिया