खोज–अनुसन्धान

एमालेवाट २ पिलोगए ४८ किलो आए त्यसैले त ५ दलिय गठबन्धन भयभितछ: गुरुङ




सरिता थारु
कपिलवस्तु ५ बैशाख । एमालेवाट एकएक किलो गरी २ किलोका २ पिलो निचोरीएर गएको तर नेकपाकै निरन्तरतामा एमालेमा रहेका माओवादी र यस बीचमा एमालेमा प्रबेश गरेका जनप्रतिनिधीले ४८ किलो तौल थपिएकाले एमाले २०७४ को चुनाव भन्दा डेढगुणवढी शक्तिशाली भएको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दावि गर्नु भएको छ । त्यसैले त ५ दलिय गठबन्धन चुनाव आउनै लाग्दा एमालेसंग भयभितछ उहाले भन्नु भएकोछ । स्थानीय चुनाव नजिकिएसंगै ५ दलको ढूंगामा प्वालै प्वाल परेपछि चुनाव विरुद्ध षडयन्त्रको खतरा रहेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले वताउनु भएको छ ।

खिया लगेको फलाम जस्तो गठबन्धन चुस्त दुरुस्त र शशक्त इस्पातिलो स्वरुपको एमालेसंग भयभित भएको तर्क गर्दै सरकारले नचाहानचाहादै घोषणा भएको चुनाव रोक्न खोज्दा खोज्दै सम्पन्न गर्ने गरी एमालेले जनदवाव पैदा गर्ने वताउनु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशद्धारा आयोजित लुम्बिनी प्रचार भेलाको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो।


नेकपा एमालेका तर्फवाट गण्डकी प्रदेशको सस्थापक मुख्यमन्त्री समेत रहनु कएका गुरुङले एमाले यसपाली एमाले वाहेकका सबै शक्ति एकभएर आउदा समेत जित्ने तयारीमा रहेको वताउनु भएको छ । साठी प्रतिशत स्थानीय तह जित्छौं उहाले दावि गर्नु भयो । महाभारतमा ५ पाण्डव न्ययको पक्षमा र एउटा कौरव अन्यायको पक्षमा भएको वताउदै अहिलेको अवस्थामा ५ दल संविधान ध्वस्त पार्ने , परमादेशवाट सरकार वनाउने , जनतादेशमा जान डराउने जस काम गरेर कौरवको भूमिकामा रहेको वताउनु भयो । एमाले एक्लै पाण्डवको भूमिकामा रहेको भन्दै जीत न्यायकै हुने ठोकुवा गर्नु भयो
उहाले ओली नेतृत्व सरकारको पालामा भएको विकास निर्माणका कार्यहरुको प्रेस चौतारीले व्यापक प्रचार प्रसार गर्न निर्देशन दिनुभएको छ । संगठन इन्र्चाज समेत रहनुभएका गुरुङले अहिले सम्म हुनै नसकेको विकास केपी ओली नेतृत्वको सरकारको पालामा भएको बताउदै यस्तो निर्देशन दिनुभएको हो ।साथै उहाले राष्ट्यिताको सरक्षा केवल एमालेले मात्र गर्न सक्ने बताउदै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा परिर्माजन तथा भारतले लगाएको अघोषित नाकाबन्दीको प्रतिरोध ओली सरकारले गरेको औल्याउनुभयो ।


उहाले एमाले पार्टी १ नम्मरी सुन रहेकोे दाबी गर्दै पांच दलिय गठबन्धलाई खियालागेको फलामको संज्ञा दिनुभयो । यस्तै उपमहासचिव गुरुङले एमालेले मात्रै, सामाजिक न्याय सहितको देश निर्मँण गरेर समृद्धिको यात्रा गर्न सक्ने पार्टी रहेको वताउनु भयो । यस्तै कार्यक्रममा पोलिटव्युरो सदस्य एवं राष्ट्यि सभा सदस्य विमला घिमिरेले पार्टी र प्रेस चौतारीको सम्बन्ध नङ र मासुको रहेको बताउदै चुनावको समायमा अझ बढी प्रेस चौतारीका पदाधिकारी र सदस्यहरुले आफ्नो भुमिका निभाउनुपर्ने बताउनुभयो ।यसैगरी कार्यक्रममा पार्टीका केन्द्रिय नेता एवम प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अहिले ५ दलिय गठबन्धनको नाममा स्वार्थको खेतीपाती गरिहेको बताउदै त्यो पनि धेरै दिन टिक्न नसक्ने ठोकुवा गनुभयो ।कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पार्टीले गरेका राम्रा कामहरु, पार्टीका उद्धेश्य र योजनाहरु जनता माझ पुर्याउन प्रेस चौतारीमा आबद्ध सम्पुर्णमा आग्रह गर्नुभयो ।


कार्यक्रममा चुनावको प्रचार रणनिती एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने पत्रकार शेरबहादुर के.सीले पत्रकारको भूमिका विाष्यमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । लुम्विनी प्रदेशका १२ वटै जिल्लाका ३ सय वढी पत्रकार सहभागि भेला प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता कपिलबस्तु शाखा अध्यक्ष जानुपाण्डेको स्वागत मन्तव्य र प्रदेश महासचिव निरु गौतमको संचालनमा सम्पन्न भएको हो । भेला ११ बुदें घोषणा पत्र जारी गर्दै सकिएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६