कपिलवस्तु, ०५ वैशाख ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ११ मा रहेको दिनबन्धु एकिकृत कृषि फार्मले स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई/भैसी पालन कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ । आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग ईकाई बुटवलको सहयोगमा सञ्चालित स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई÷भैसी पालन कार्यक्रम दिनबन्धु एकिकृत कृषि फार्मले पाएको छ सो बारेमा सनर्वजनिक सुनुवाई गरिएको हो ।
वल्र्ड बैंकको समेत सहयोग रहेको सो कार्यक्रममा रु ४४ लाख ९३ हजार ३ सय ९८ जम्मा अनुदान मध्ये राष्ट्रिय वाणिज्य बैंकबाट ३० प्रतिशत ऋण तथा २० प्रतिशत आफ्नो लगानी हुनुपर्ने दिनबन्धु एकिकृत कृषि फार्मका प्रमुख हरि प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
२०७८ साल फागुन १८ गते देखि सुरु भएको उक्त कार्यक्रम २०७९ साल मंसिर मसान्तसम्म सम्पन्न गर्नुपर्ने बताईएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राम गोपाल यादवले सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो । यादवले दिनबन्धु एकिकृत कृषि फार्मले प्राप्त गरेको उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । वडाध्यक्ष यादवले यो कृषि फर्मलाई एक उदाहरणिय बनाउनका लागि वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै वडा सचिव सत्य गिरी, भेटेनरी अस्पतालका माधव प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य दिंदै यस्ता कार्यक्रमले कृषकहरुमा हौसला बढ्ने र कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै दिनबन्धु एकिकृत कृषि फार्मका प्रमुख हरि प्रसाद पौडेलले अहिले सम्म कुनै पनि ठाउँबाट कुनै अनुदान प्राप्त नगरेको र अहिले पाएको अनुदानको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो कृषि फर्मको बारेमा स्पष्ट पार्दै वडाले पनि कृषिका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
दिनबन्धु एकिकृत कृषि फार्मका सञ्चालक परिवार, पत्रकार हरि घिमिरे, विभिन्न कृषि फर्मका प्रमुख लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
प्रतिक्रिया