प्रदेश

आगलागी हुँदा चार पसल जलेर नष्ट



मोरङ, ०६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गएराति आगलागी हुँदा चार पसलमा क्षति पुगेको छ ।

विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो।

विराटनगरका तीन र दुहवी नगरपालिकाको एउटा आगो निभाउने यन्त्र, प्रहरी र नागरिकको सहयोगमा आज बिहान २ बजे आगो निभाइएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिनुभयो।

आगो कसरी लाग्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो । आगो नियन्त्रणका क्रममा कार्यालयका तीन कर्मचारी घाइते भएका र उनीहरुको स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो । रासस

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६