कृषि

आजदेखि कृषि गणना सुरु



काठमाण्डौ, ०६ वैशाख । आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ ।

२०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले छनोट गरिएका तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ ।

किसानलाई २४ वटा प्रश्न सोधिने विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । यस पटकको कृषि गणनामा गणकले सङ्कटमा रहेका रैथाने पशुपक्षी, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६