प्रदेश

कास्कीका नेतालाई कांग्रेस सभापति देउवाले किन बोलाए काठमाण्डौ ?



कास्की, ०६ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ ।

पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो । कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनबीचमा सहमति जुट्न सकेको छैन । कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकाल तथा नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेश थापा र टुकराज बाँस्तोलाले हिजो विज्ञप्ति निकालेर पोखरामा मित्रवत प्रतिस्पर्धा अर्थात एक्ला–एक्लै चुनाव लड्ने बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बिहान ११ बजेपछि बस्ने तयारी छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६