प्रदेश

लुम्बिनीमा प्रदेशका १२ जिल्लामा ३२ लाखभन्दा बढी मतदाता




दाङ, ०६ वैशाख । लुम्बिनी प्रदेशका १२ जिल्लामा मतदाता संख्या ३२ लाख बढी पुगेको छ । प्रदेशभरका १०९ पालिकामा ३२ लाखभन्दा बढी मतदाता यस पटकको स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशभर १६२९ मतदान स्थलमा ३८३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। १५३ वटा मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । जसअनुसार पाँच वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील र ११ वटा मतदानस्थल सामान्य अवस्थाकोमा वर्गीकरण गरिएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई भूगोल, सीमा, सडक सञ्जाललगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेका हो । १५३ वटा मतदान स्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ । दाङमा स्थानीय निर्वाचनका लागि चार लाख ९९ हजार मतदाता रहेका छन् । दुई लाख ९,०९९ जना महिला, दुई लाख ९९ हजार पुरुष र दुई जना तेस्रोलिंगी छन् । प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरू अहिले चुनावका लागि आवश्यक सामग्रीहरू खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । चार वटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५०० ले बढी हो ।

यस्तै, दोस्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा ०७४ सालको भन्दा ३० हजार ७८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् । निर्वाचन कार्यालयहरू आवश्यक तयारीमा जुटेका छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६