ब्रेकिंग न्युज

कपिलवस्तुमा अहिले सम्म १ सय ६ जनाले हतियार बुझाए

खुल्ला सिमानासँगै निर्वाचनमा सुरक्षा संवेदनशीलमा ध्यान




हरि घिमिरे, ०६ वैशाख ।
कपिलवस्तुमा हाल सम्म १ सय ६ जनाले हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको ३ साता सम्ममा १ सय ६ जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । सुरक्षा समितिको आग्रहपछि कपिलवस्तुमा १ सय ६ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका हुन । कपिलवस्तुमा १ सय ११ जना संग इजाजत पत्र(लाईसेन्स) प्राप्त हतियार छन् ।
जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा उक्त हतियार बुझाएको प्रहरी नायब उपरीक्षक (डि एस पि) जेसि शाहले जानकारी दिनुभयो । बुझाएका हतियारहरु अधिकांश बार वोरको बन्दुक एकनाले, र एयर गन रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने उहाले बताउनुभयो । यस अघि गएको ३ साता पहिले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका नागरिकलाई हातहतियार बुझाउन आग्रह गरेको थियो ।
कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनमा हातहतियार हातहतियार नबुझाउनेलाई खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
आगामि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको छ । हातहतियार यहि बैशाख १५ गतेभित्र बुझाइसक्नु पर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६