ब्रेकिंग न्युज

नेकपा एसको चुनावि घोषणापत्र सार्वजनिक, निःशुल्क उपचारदेखि हरेक घरलाई २ सय युनिट बिजुली सित्तैमा



काठमाण्डौ, ०६ वैशाख । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न ।

त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

यस्ताे छ घाेषणापत्र–

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६