आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुन चाहने जनप्रतिनीधिले उम्मेदवारी मनोनयन गर्नु अगाडि आफ्नो पदबाट राजीनामा गर्नैपर्ने सर्बोच्चले निर्णय सुनाएको छ ।
सर्बोच्चका न्यायधिशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट खारेज हुने निर्णय गरेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनीधि उम्मेदवार हुन चाहे मनोनयन गर्नु अगावै आफ्नो पदबाट राजीनामा गर्नुपर्ने प्रावधान राखेको थियो । उक्त प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।
६ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया