प्रदेश

एकीकृत समाजवादीलाई पोखराको मेयर दिएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा ताला



कास्की, ०७ वैशाख । सत्ता गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस महानगर समितिले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।विज्ञप्तिमा कांग्रेस पोखरा महानगर समितिले पालिका चुनावमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएको भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताउनुभयो । सत्ताको स्वार्थभन्दा माथि उठे‍र जनभावना एवम् आम कार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६