प्रदेश

रोल्पामा उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा विप्लव



रोल्पा, ०७ वैशाख । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम गरिरहेका छन् ।

देशभक्त, सच्चा गणतन्त्रवादी र एमसीसी विरोधीलाई जिताउने लक्ष्यसहित चुनावमा होमिएको नेकपाका नेताहरुले बताउने गरेका छन् । ‘कतिपय हाम्रा आफ्नै उमेदवार त कतिपय ठाउँमा देशभक्त शक्ति वा स्वतन्त्र व्यक्तिलाई समर्थन गर्छौं’, नेकपाका केन्द्रीय सदस्य एवम् रोल्पा इन्चार्ज केशवबहादुर वाँठामगरले भने, ‘केही दिनअघि सम्पन्न जिल्ला कार्यसमितिको वैठकले उमेदवार छनौटका लागि जनतासम्म जाने निर्णय गरेको थियो, सोही अनुसार जनतासम्म पुग्यौं अव अर्को वैठकवाट उमेदवारको टुंगो लाग्छ ।’

विप्लव नेतृत्वको नेकपाको तयारीले रोल्पाको चुनाव रोचक बन्ने देखिन्छ । रोल्पालाई नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिन्छ । शान्ति प्रक्रियापछि भएका सबै निर्वाचनमा एकलौटी जित हात पार्दै आएको माओवादीले रोल्पालाई आधारक्षेत्र मान्ने गर्छ । पछिल्लो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा १० मध्ये ७ स्थानीय तह जितेको उसले प्रदेश सभाका दुई र प्रतिनिधिसभाको चुनावसमेत जितेको थियो ।

रोल्पामा एक्लै राज गरेको नेकपा माओवादी केन्द्रलाई स्थानीय तह निर्वाचनमा भने आफैंबाट फुटेर गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनौती बनेको छ । रोल्पामा स्वतन्त्र उमेदवारी दिएर चुनाव लड्ने विप्लव समूहको तयारीले चुनावी महौल तताएको नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद लेखनाथ आचार्यको अनुभव छ । ‘ऊसँग जित्ने मत नभए पनि हराउने एथेष्ट मत छ’, कांग्रेस नेता आचार्यले भने ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६