अर्घाखाँची, ०७ वैशाख । ३० फागुनमा पत्रकार सम्मेलन गरेर ५ दलीय गठबन्धनको घोषणा गरेका र स्थानीय चुनाव मिलेर लड्छौं भनेका अर्घाखाँचीका दलहरुले अहिलेसम्म भागवण्डा टुंगो लगाउन सकेनन् ।
एक महिनाअघि नै एउटै मञ्चबाट तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका तालमेल गर्ने निर्णय निष्कर्षमा पुग्न सकेन ।
२०७४ सालको स्थानीय तह चुनावमा शितगंगा र सन्धिखर्क नगरपालिका तथा पाणिनी र छत्रदेव गाउँपालिकामा प्रमुखमा जितेको कांग्रेसले यथावत स्थानमा दावी कायम राखेको छ । नेकपा माओवादी केन्द्रले सन्धिखर्क, मालारानीसहित उपप्रमुख तथा समाजवादीले एमालेले जितेको मालारानीको प्रमुख सहित शितगंगाको उपप्रमुखमा दाबी गरेको छ । एउटै पालिकामा फरक फरक पार्टीको दाबी रहेकाले सहमति हुन नसकेको हो ।
भुमिकास्थानमा जनमोर्चाको प्रभाव रहेकोले नगरप्रमुख जनमोर्चालाई दिने गठबन्धन दलको तयारी छ । गठबन्धनका कारण समस्या भएको बताउँदै गठबन्धन दलहरुले उम्मेद्वार छनोटको नजिकमा पुगेको बताए पनि निष्कर्षमा पुग्न नसकेको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सूर्य भुसालले बताए ।
प्रतिक्रिया