कपिलवस्तुको गोरुसिंगेमा रहेको समशेर दल गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशी आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।
घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरिक्षक जेसी शाहले जानकारी दिए ।
७ बैशाख २०७९, बुधबार
प्रतिक्रिया