काठमाडौं, ०८ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएको हो ।
ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जन बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटना हुन नसकेको र विष्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया