प्रदेश

अक्सिजन प्लान्ट विस्फोट(अपडेट): मृत्यु हुनेको संख्या दुई पुग्यो



काठमाडौं, ०८ वैशाख। ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए ।

घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । उनलाई पाटन अस्पतालले मृत घोषित गरेको शाहले बताए । उनका अनुसार अस्पतालले अन्य घाइतेहरुलाई डिस्चार्ज गरिसकेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६