ब्रेकिंग न्युज

लुम्बिनी विकास कोषको सल्लाहकारमा गुरुङ नियुक्त



कपिलवस्तु ८ बैशाख : समाजसेवी तथा युवा व्यवसायी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ । बुटबल उपमहानगरपालिका–११, कालिकानगर निवासी३४ वर्षे नवनियुक्त सल्लाहकार गुरुङलाई कोषका योजना प्रबन्धक सरोज भटराईले स्वागत गर्नु भयो । साथै उहाले गुरुङलाई सल्लाहकारको नियुक्ती पत्र प्रदान गर्नु भयो । उहालाई कोषले पँ“च वर्षकालागि सल्लाहकारमा नियुक्त गरेको छ । उहा तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष समेत हुनुहुन्छ । उहा रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ ।

विभिन्न समयमा उहाले लुम्बिनी आसपासका गरिब विपन्न र असाहयलाई लत्ताकपडा वितरण गर्नु भएको छ । ‘मानवलाई महान ज्योति, आशा र सर्वोच्य आनन्द प्रदान गर्नु भएका भगवान गौतम बुद्धलाई सधैं शान्तिकालागि उत्प्रेरित गर्ने नेपाली भूमि प्रति विदेशीको अपार श्रद्धा र नमन छ,’ उहाले भन्नु भयो, ‘नेपालीले पनि त्यस्को अनुशरण गर्नु पर्छ ।’ यस्ले अध्यात्मिक ऊर्जा र पवित्रतालाई उजागर गर्छ उनले भने । संसारभरका शान्तिकामी र विकास प्रेमीको अध्ययन केन्द्र हुन्छ ।

त्यसैले उहाले अब आफू लुम्बिनीलाई धार्मिक र सास्कृतिक महत्वको शान्तिधामको गन्तब्य बनाउन लागि पर्ने बताउनु भयो ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६