राजनीति

अघिल्लो तीनै तहको चुनाव बहिष्कार गरेका तिङ्लाली वैशाख ३० को प्रतीक्षामा



सोलुखुम्बु तिङ्लाकी कुमारी नेपालीलाई कहिले वैशाख ३० आउला र भोट हाल्न पाइएला भन्ने लागिरहेको छ । सङ्घीयतापछिको पहिलो चुनाव बहिष्कार गरेका तिङ्लाली यस पटकको चुनावमा भने सहभागी हुन निक्कै आतुर देखिन्छन् । 

राज्य पुर्नसंरचनामा असहमति जनाउँदै अघिल्लो पटक तीनै तहको चुनाव बहिष्कार गरेका तिङ्लावासी झन्डै पाँच वर्ष जनप्रतिनिधिविहीन अवस्थामा रहनुपरेको थियो । तर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ कायम भएपछि तिङ्लालीको माग सबै पूरा भएको हो । २५ वर्षपछि चुनावमा भाग लिन पाउने भएपछि अहिले सिङ्गो तिङ्लावासी निकै उत्साहित देखिएका छन् । 

विद्रोही छवि बनाएका तिङ्ली यस पटकको चुनावमा जनप्रतिनिधि चुन्ने आशामा देखिएका छन् । तिङ्लाका कुमार खड्काले भन्नुभयो, ‘अन्य स्थानीय तहमा जनप्रतिनिधिमार्फत काम भए, हाम्रोमा पाँच वर्षसम्म कर्मचारीको भरमा काम भयो तर यस पटक भने आफ्नै हातले मतदान गरी स्थानीय जनप्रतिनिधि चुन्ने सुनौलो अवसरको पर्खाइमा छौँ, त्यसपछि विकासमा अझ अघि बढ्ला भन्ने आशा छ ।’ तिङ्लाकै निरकुमार नेपालीलाई यस पटकको चुनाव दशैँ आए झैँ लागिरहेको छ । आफूहरूका लागि सङ्घीयतापछिको पहिलो चुनावमा सहभागी हुन ठूलै युद्ध जित्नुपरेको जस्तो आभास भइरहेको उहाँको भनाइ छ । 

नेपाली कांग्रेसको अन्तिम सशस्त्र क्रान्तिसमेत भएको टिम्बुरबोटे रहेको तिङ्लाले हरेक राजनीतिक तथा सामाजिक मुद्दामा विद्रोही छवि स्थापित गर्दै आएको छ । यसपालि भने तिङ्लावासी मतदानबाट जनप्रतिनिधि छान्ने दिनको पखाईमा छन् । 

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६