प्रदेश

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड



हेटौंडा, ०९ वैशाख। हेटौंडा ९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।

आज (शुक्रबार) बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएको अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन सहित अनुसन्धान थालेको हो । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन,आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । उनले घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

जीवराज आश्रितको शालिक पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर करिब ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।
गत असार १४ गते वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले मदन आश्रितको अर्धकदको शालिक अनावरण गरेका थिए ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६