कपिलवस्तु, वैशाख ९
७४ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा एक प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी सन्देशमा नेपाली जनताको वलिदानीपूर्ण सघर्षबाट प्राप्त ऐतिहासिक कम्युनिष्ट स्थापना दिवसको अवसरमा ज्ञात, अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा घाईते र वेपत्ता प्रति हार्दिक श्रद्धा सम्मान ब्यक्त गर्दछौं भनिएको छ ।
जारी विज्ञप्तीमा २२ अप्रिल १९४९ मा स्थापित कम्युनिष्ट पार्टीले सामन्तवाद, दलाल, नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलिय जनवाद र समाजवाद स्थापनाद्धारा न्यायपूर्ण समानतायुक्त र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई एमालेले जिम्मेवारपूर्वक पुरा गर्ने विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल संस्थापक सदस्यहरु नरबहादुर कर्माचार्य, नारायणविलास जोशी,निरञ्जन गौविन्द्र वैध र मोतिदेवी श्रेष्ठले देखाएको बाटोलाई पार्टीले पक्षाउदै अगाडी बढन दृढ संकल्प गर्दछौं भनिएको छ ।
विज्ञप्तीमा नेकपा एमालेले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्न हामि सबै नेपालीको साझा प्रयत्न आवश्यक रहेको चर्चा गरिएको छ । यस ऐतिहासिक क्षणमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा, आमा, दिदी वहिनी सबै प्रति शुभकामना तथा बधाई ज्ञापन गर्दछौं भनिएको छ । यस ऐतिहासिक दिनले हामि सबैलाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्धारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भई अघि बढन प्रेरणा प्रदान गर्न सक्ने विश्वास प्रकट गर्दछौं भनिएको छ । विज्ञप्तीमा यही वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई भइरहित बनाउदै स्वस्थतापूर्ण प्रतिस्पर्दा मार्फत निर्वाचन सम्पन्न हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको नेकपा(एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
९ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया