प्रदेश

बाणगंगा वडा नं.४मा आफु वडा अध्यक्षको बलियो उमेद्धार भएको बुद्धि बहादुर रोकाहा (दिनेश)को दावि




कपलवस्तु, ०९ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.४ को अध्यक्षमा बुद्धि बहादुर क्षेत्री रोकाहा (दिनेश)ले आफु वडा अध्यक्षको उमेद्धार भएको दावि गरेका छन् । जोसिला युवा क्षेत्रीले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा आफु बलियो उम्मेद्वार रहेको बताएका छन् । क्षेत्रीले युवाहरुको चाहना र समंग्र वडा वासिको तिव्र प्रेसर पछि आफुले उम्मेद्वार घोषणा गरेको बताए । क्षेत्रि पछिल्लो समय कुशल युवा नेतृत्वका रुपमा स्थापित छन् । वडा नं.४ मा नेपाली कांग्रेसले गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि जित हात पारेको थियो । अहिले पनि कांग्रेसको त्यो साखलाई जिवित राख्न आफु सक्षम रहेको उनको दाबी छ । वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उनले विश्वास समेत व्यक्त गरे । उनी उनले विभिन्न किसिमका सामाजिक कार्य गर्दै गरिब, दुखि, सुकुम्वासीको साहारा बन्दै आएका छन् । उनले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । वडावासीको आवश्यकता एवम् अपेक्षालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । युवाका माँझमा लोकप्रिय रहेका उनी सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिन्छन् । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, कृषि, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उनको दाबी छ । उनले सबैलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गरे । उनले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आएका छन् । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उनी सक्षम नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उनले कोरोना महामारीको विषम परिस्थितिमा उद्धार, राहतमा नेर्तवदायी भूमिका निर्वाह गरेका थिए ।
उनले विभिन्न आन्दोलनमा तरुण दल, नेविसंघका आवद्ध भई विधार्थी आन्दोलनको नेतृत्व समेत लिन सफल भएका छन् । युवा माँझ लोकप्रिय सबैको मनमा बस्न सफल उनी वडाध्यक्षको बलियो दाबेदार रहेको बताईएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६