कपिलवस्तु, ०९ वैशाख । स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा पनि चुनावी सरगर्मी बढेको छ । नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी,कृषि क्षेत्र र यातायता, भौतिक सेवा सुविधा लगायतमा अझै पनि राम्रो परिर्वतन हुन नसक्दा नगरवासिहरु असन्तुष्ट भएका छन । नगर परिर्वतनका लागि कुनाल प्रताप शाहलाई यस पटक मेयर पदमा उठाउने पक्षमा कृष्णनगर वासी लागेका छन ।
उम्मेद्वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । एमाले कृष्णनगरले कुनाल प्रताप शाह सहित ३ जानको नाम मेयर पदको लागि जिल्लामा सिफाीस गरेको छ ।
विकास र परिर्वनले पछि परेको कृष्णनगरमा यस पटक भने मेयर पदमा शाहले एकचोटी अवसर पाए नगरको मुहार परिवर्तन गरिदिने बताए । धेरै अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय भएका शाह एमालेभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ । आफ्नो पहिलो अनुभवमा नै नगरको विकासमा एतिहासिक काम गर्ने र कृष्णनगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए ।
९ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया