काठमाण्डौ, १० वैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो ।
अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटमा नेपाल–अमेरिका मित्रता, सरकार, संसद् र आम नारिकलाई समावेश गरेर बहुआयामिक साझेदारी बढाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको छ ।
नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो । टोलीले अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । टोली भोलि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया