प्रदेश

मेयरको उम्मेदवार कांग्रेसलाई चाहिन्छ भन्दौ पोखरामा नाराबाजी




पोखरा, १० वैशाख। पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए । ‘पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन । केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ । नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन’ उनले भने ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६