ब्रेकिंग न्युज

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य



बुटवल, १० वैशाख ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ। शनिबार दुवै पार्टीका बीचमा भएको सहमति अनुसार उपमहानगरपालिकामा दुवै पार्टीले मिलेर निर्वाचनमा जाने सहमति गरेका हुन्। जसअनुसार उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, १९ वटै वडा अध्यक्ष समेत ८६ पदहरूमा नेकपा एमाले र ११ जना वडा सदस्यहरू राष्ट्रिय जनमुक्ति पार्टीबाट उठाइने सहमति भएको हो।

नगरप्रमुख, उपप्रमुख, १९ वटा वडाका अध्यक्ष र सदस्यहरू गरी बुटवलमा ९७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।
नेकपा एमालेका रूपन्देही सदस्य यम पाण्डेले राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचनमा जाने ११ जना सदस्यका उम्मेदवारहरू पनि नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाटै चुनाव लड्ने छन्। दुई पार्टीका बीचमा भएको सहमति अनुसार निर्वाचन कार्यालय स्थापना, प्रचार प्रसार लगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरू समेत दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

एमालेका बुटवल नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर कमिटीका अध्यक्ष भेकबहादुर सारु मगरले दुबै पार्टीका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए। यसअघिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेको राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा आफू तेस्रो ठूलो दलको रूपमा रहेको दाबी गर्दै आएको छ।

वडा नं. १०, ११ लगायतका वडाहरूमा मगर तथा गुरूङ समुदायको बाहुल्यता रहेको र आफूहरूको उपस्थिति बलियो रहेको जनमुक्ति पार्टीका नगर अध्यक्ष सारुले बताए। सारुका अनुसार अघिल्लो निर्वाचनको मत परिणाम अनुसार बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीका मत १ हजार ५ सयभन्दा बढिरहेको छ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६