प्रदेश

जसपाले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने



काठमाण्डौ, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्।

घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जनाइएको छ ।जसपाले अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६