कैलाली, ११ वैशाख । अघिल्लो चुनावमा पनि स्वतन्त्र उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी बन्नुभएका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
आज आइतवार धनगढीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ सालको स्थानीय तह चुनावमा धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुनुभएको थियो ।
प्रतिक्रिया