प्रदेश

कांग्रेसले टुङ्गायो कपिलवस्तुका ४ पालिकाका उम्मेद्वार



कपिलवस्तु ।

नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगोे लागएको छ । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायादेबी बिजयनगर र यशोधरा गाउपालिका प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन । यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डेय भने यस अघिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६