बाणगंगा, ११ वैशाख ।
बाणगंगा नगरपालिकाको फोहोर व्यस्थापनका लागि बाणगंगा नगरपालिका र फेरि ईन्भाएरमेन्ट सर्भिस प्रा.लि.संग सम्झौता भएको छ । बाणगंगा नगरपालिकामा जम्मा भएको फोहोर फेरि ईन्भाएरमेन्ट सर्भिस प्रा.लि.ले उठाउने भएको छ । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी र फेरी ईन्भाईरमेन्ट सर्भिसेसका तर्फबाट कृष्ण गौतमले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार सहरी क्षेत्रमा दैनिक र ग्रामीण क्षेत्रमा हप्ताको एक पटक फोहर उठाउने सहमति भएको छ । जसअनुरुप उक्त सर्भिसेसले मासिक सहरी क्षेत्रबाट १ सय रुपैयाँ र ग्रामीण क्षेत्रबाट ५० रुपैयाँ लिने छन् ।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा ट्याक्टर सवारी साधन उपलब्ध गराउने सहमति भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा सवारी साधन भने उक्त फेरी ईन्भाईरोमेन्टल सर्विसेससंग रहने छ । फोहोर व्यवस्थापनका लागी नगरपालिकाले अस्थायी जग्गा उपलब्ध गराउने सहमति समेत भएको उहाँले बताउनुभयो । नगरपालिकासंग सम्झौता गरेको उक्त फेरी ईन्भाईरोमेन्टल सर्विसेसले नगरपालिकालाई बार्षिक ३६ हजार रुपैयाँ दिने सहमति भएको उहाँको भनाई छ । बाणगंगा नगरपालिकाको लागि चुनैति थपिएको स्थानियको भनाई छ ।
प्रतिक्रिया