नेकपा (एमाले) ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा बाबुराम अर्याललाई वडाध्यक्षको टिकट दिएकोछ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनका लागि अर्याललाई वडा अध्यक्षको टिकट दिएको हो ।
अर्याल नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सदस्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।
वि.स. २०६१ सालमा अनेरास्ववियुबाट संगठित भई राजनीति सुरु गर्नुभएका अर्याल बाणगंगा तत्कालिन प्रारम्भिक कमिटि अध्यक्ष, बाणगंगा उच्च मावि कमिटि सचिव, अनेरास्ववियु मोतिपुर गाउँ कमिटि सचिव, तत्कालिन युवा संघ नेपाल मोतिपुर गाउँ कमिटि सचिव, अनेरास्ववियु जिल्ला सदस्य, सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य समेत रहनुभएको छ ।
२९ बर्षका वडाध्यक्षका उम्मेद्वार अर्याल बाणगंगा नगरपालिकाका ११ वटै वडाहरु मध्ये कान्छो वडाध्यक्षको उम्मेद्वारको रुपमा छनौट हुनुभएको हो । अर्यालले आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा बताउदैे पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया