रुपन्देही, १२ वैशाख । बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट ५ घर भइ बुटवल ११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।
गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया