प्रदेश

नेपाली सेनाद्वारा कङ्गोमा १२ किलोमिटर सडक निर्माण



काठमाण्डौ, १२ वैशाख । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेको नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेको छ। श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको हो ।

गएको माघ १३ गतेबाट सुरु भएको सडकको निर्माणकार्य वैशाख ७ गते सम्पन्न भएको थियो । कङ्गोमा रहेको इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ बेञ्जामिन एलोङ्गा बोनीले सडकको शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै कार्यक्रममा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।

द्वन्द्वग्रस्त देश कङ्गोमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीबाहेक स्थानीय समुदाय लक्षित जनहितकारी कार्य गर्दै आएको छ । रासस

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६