चितवन, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज सोमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो ।
भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि पोखरेलले जानकारी दिनुभएको छ ।
सहमतिअनुसार राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नम्बर ४, ११, १६, १९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत् प्रतिस्पर्धा हुने एमालेले जनाएको छ । बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य वडामा उम्मेदवार रहनेछन् ।
प्रतिक्रिया