प्रदेश

कपिलवस्तुका दशै स्थानिय तहमा एमालेको उम्मेद्वारी




कपिलवस्तु, १२ वैशाख ।
नेकपा (एमाले) कपिलवस्तुले जिल्लाका १० वटै स्थानिय तहमा पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गरेको जनाएको छ । नेकपा(एमाले) कपिलवस्तुले जिल्लाको बाणगंगा नगरपालिकाको नगर प्रमुखमा चक्रपाणी अर्याल, उपप्रमुखमा रिता थारु , कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमामा डा.राजेश कुमार गुप्ता उपप्रमुखमा तुल्सादेवी पाण्डे, बुद्धभूमि नगरपालिकाको प्रमुखमा पिताम्बर खनाल, उपप्रमुखमा मञ्जु थारु, शिवराज नगरपालिकाको नगर प्रमुखमा महादेव पोख्रेल, उपप्रमुखमा शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा कुनाल प्रताप शाह, उपप्रमुखमा श्रीमती विम्लेश मौया, महाराजगञ्ज नगरपालिकाको नगर प्रमुखमामा रामदास चौधरी, उपप्रमुखमा धानमति यादव रहेको एमाले कपिलवस्तुले जनाएको छ । त्यस्तै एमालेको तर्फबाट विजयनगर गाउँपालिकाको अध्यक्षमा गोपाल बहादुर थापा, उपाध्यक्षमा लक्ष्मी थारु, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा जलिमुन्निसा मुसलमान, मायादेवी गाउँपालिकाको अध्यक्षमा जगरनाथ कुर्मी , उपाध्यक्षमा भिमा कमारी पासी, यशोधरा गाउँपालिकाको अध्यक्षमा शिवराज तिवारी र उपाध्यक्षमा गुुन्जा मौर्याको उम्मेद्वारी मनोनयन दर्ता गरिएको एमाले कपिलवस्तुले जनाएको छ । त्यस्तै जिल्लाका १० वटै स्थानिय तहका वडा अध्यक्ष तथा वडा सदस्यमा समेत उम्मेद्वारी दर्ता गरिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६