प्रदेश

बाणगंगाको मेयरमा राप्रपाबाट महिलाको उम्मेद्वारी




कपिलवस्तु, १२ वैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि बाणगंगा नगरपालिकाको मेयर, उपमेयरसहित ११ वटै वडामा उम्मेद्वारको मनोनयन दर्ता गराएको छ । आज निर्वाचन अधिकृतको कार्यालय गजेहडामा राप्रपाले तामझामका साथ उम्मेद्धारी दर्ता गराएको हो । राप्रपाबाट मेयरमा सिता कुमारी थारु र उपमेयरमा डिल्ली शर्माले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यस्तै वडा नं.१ को अध्यक्षमा सुर्य कुमार गुरुङ, वडा नं.२ को अध्यक्षमा हरि प्रसाद घिमिरे, वडा नं.३ को अध्यक्षमा जीउ नारायण थारु चौधरी, वडा नं.४ को अध्यक्षमा निर्मल कुमार शाही, वडा नं.५ को अध्यक्षमा माधव प्रसाद घिमिरे, वडा नं.६ को अध्यक्षमा रुकमनी चौधरी, वडा नं.७ को अध्यक्षमा विकास रेग्मी.., वडा नं.८ को अध्यक्षमा भग्रेन्द बहादुर उचै ठकुरी, वडा नं.९ को अध्यक्षमा थमन सिंह थापा, वडा नं.१० को अध्यक्षमा राम बहादुर थारु र वडा नं.११ को अध्यक्षमा खेमराज बेल्वासेले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६