प्रदेश

उपसचिवबाट राजीनामा दिएर मेयर लड्न तम्सियका भुसालले टिकट पाएनन्




नवलपुर, १३ वैशाख ।
नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन। सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो।

‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने। उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन। देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए।

देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६