प्रदेश

बुटवलमा २ किलो सुनका गहनासहित पाँचलाख रुपैयाँ नगद चोरी



रुपन्देही, १४ वैशाख । बुटवलमा लाखौँ रुपैयाँको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ६ विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गरगहना , २३ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको हो ।

प्रहरी प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार हिजो राति पसल फोडेर सुनका गरगहना र नगद चोरी भएको हो । सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरेर तालाचावी फोडेर चोरी गरिएको छ । चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएकोले चोरी योजनाबद्ध नै भएको देखिने प्रहरीले बताएको छ ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६