कपिलवस्तु : कपिलवस्तुका अधिकांश प्रमुखहरु आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरी दोहोरिन दाउमा छन । १० पालिकाम मध्ये ७ पालिकामा प्रमुखहरु फेरी दोहोरिन खोजेका हुन् । उम्मेदवार बनेका ७ जना प्रमुखले नै अधुरो बिकास निर्मााण्को काम पुरा गर्न उम्मेदवार बनेका बताए । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्धभूमिका प्रमुख केशव कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह मेयरमा दोहरिन भन्दै उम्मेदवारी दिएका छन । यस्तै सुद्धोदन गाउपालिका प्रमुख निसार अहमद खा, मायोदबी गाउपालिका प्रमुख बजरंगी चौधरी, बिजयनगर गाउपालिका प्रमुख गोपाल थापाले फेरी प्रमुखमा उम्मेदवार बनेका हुन । कृष्णनगरका शाह, कपिलवस्तुका सिंह, बुद्धभुमीका श्रेष्ठ र महाराजगंजका कलाम कांग्रेसबाट उम्मेदवार बनेका हुन । मायोदेबीका चौधरी र सुद्धोदनका खा भने जनता समाजबादी पार्टीबाट प्रमुखका उम्मेदवार हुन । यस्तै बिजयनगरका थापा भने एमालेबाट फेरी उम्मेदवार बनेका हुन । कृष्णनरका निबर्तमान मेयर शाह त्यस बेला मधेसी जन अधिकार फोरमबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारकारुपमा बिजयी भएका थिए ।
यस्तै सुद्धोदनका निसार अहमद पनि स्वतन्त्ररुपमा चुनाव जितेका थिए । शाह ४ महिना अघि कांग्रेसमा प्रबेश गरको थिए । उता सुद्धोदन गाउपालिकाकी उप प्रमख सुधादेबी पाण्डेय कांग्रेसबाट फेरी उप प्रमुखको उम्ेमेदवार बनेकी छिन । बुद्धुभुमीकी उप मेयर मीरा थारु र महाराजगंजकी उप मेयर शोभावति कुर्मी कांग्रेसबाट फेरी उप मेयरको उम्मेदवार बनेका छन । यस्तै शिवराज नगरपालिकाकी उप मेयर शिव कुमारी थारु र बिजयनगरको उप प्रमुख लक्ष्माी थारु फेरी उम्मेदवार बनेका छन ।दुबै जना एमालेबाट लडदैछन । यस्तै २०७४ सालमा कांग्रेसबाट उप प्रमुखमा जितेकी कन्यावती उपाध्ययाले पार्टीबाट टिकट नपाए पछि यस पटक लोसपाबाट उप प्रमुखमा उम्मेदवार बनेकी छिन ।
प्रतिक्रिया