कपिलवस्तु, वैशाख १८
नेकपा (एमाले) कपिलवस्तुले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध अन्य राजनैतिक दलबाट उम्मेद्वारी दिने कपिलवस्तु न.पा. वार्ड नं. ९ , कुस्मा निवासी नारायण प्रसाद पौडेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्ती मार्फत कपिलवस्तु नगरपालिका वडा नंंं.९ बाट राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षको उम्मेदवारी दिने नारायण प्रसाद पौडेललाई पार्टीका सबै जिम्मेवारीमा नरहनेगरी कार्वाही गरिएको ब्यहोरा उल्लेख गरिएको छ ।
नेकपा (एमाले) ले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्पलाई पुरा गर्दै राष्ट्रलाई समृद्धिको बाटो तर्फ लैजाने जिम्मेवारी पुरा गर्नका निम्ति वैशाख ३० मा हुने स्थानित तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारको पक्षमा दृढतापूर्वक लाग्न आग्रह गर्दै पार्टी जीवनमा देखा पर्ने सबै खाले समस्याको समाधान पार्टीको वैधानिक विधि, प्रक्रियाबाट हुने स्पष्ट पार्दै पार्टीको संस्थागत निर्णयको पक्षमा भ्रर्ममा नपरी लाग्न सबै पार्टि नेता, कार्यकर्तालाई विज्ञप्ती मार्फत अपिल गर्दछौं भनिएको नेकपा (एमाल)े जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
१८ बैशाख २०७९, आइतबार
प्रतिक्रिया