प्रदेश

श्रमशक्तिबाट मात्र समृद्ध राष्ट्र निर्माण संभवः एमाले, कपिलवस्तु

श्रमिकको आधारभुत आवश्यकता राज्यले ग्यारेन्टी गर्नु पर्ने





कपिलवस्तु, वैशाख १८
अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवि प्रति नेकपा (एमाले) कपिलवस्तुले विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी प्रेस विज्ञप्तीमा समृद्ध नेपाल निर्माणको महान अभियानमा श्रमशक्तिको भूमिका अविस्मरणिय हुने उल्लेख गर्दै नेकपा(एमाले) श्रमप्रति सधै विश्वास, आस्था तथा सम्मान प्रकट गर्दछौं भनिएको छ । जारी विज्ञप्तीमा नेपालको राजनैतिक आन्दोलनमा श्रमजीवि वर्गको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै श्रमिकको गास, बास र कपासको ग्यारेन्टी राज्यले गर्न माग गर्दछौं भनिएको छ । जारी विज्ञप्तीमा समृद्ध राष्ट्र निर्माण, श्रमिकको श्रमशक्तिबाट मात्र संभव हुने विज्ञप्तीमा उल्लेख गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६