कपिलवस्तु, वैशाख १८
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका प्रत्यासी विष्णु गिरीले वडामा रहेका सुकुम्वासी, विपन्न, र दलितका लागि पानी, विजुलीको न्यूनतम महशुल वडाबाटै भुक्तानी हुने ब्यवस्था लागु गर्ने बताउनु भएको छ । वडा अध्यक्षका प्रत्यासी गिरीले वडाको मोतिपुर, भुइपुरा लगायतका बस्तीको घरदैलो अभियानका क्रममा सुकुम्वासी, विपन्न, र दलित वस्तीका अगुवासंगको छलफलका क्रममा यस्तो धारणा राख्नु भएको हो ।
वडा स्तरको घरदैलो अभियानमा एमाले नेता टोेप बहादुर थापा, वडा अध्यक्ष प्रताप कुमार गिरी, जल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको वडा नं. ७ का वडा सचिव एवम् सदस्यका पदका प्रत्यासी हरिशंकर पौडेलले जानकारी दिनु भयो ।
१८ बैशाख २०७९, आइतबार
प्रतिक्रिया