प्रदेश

मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै कांग्रेस उम्मेदवार



काठमाडौं, १९ वैशाख । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल १ मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६