प्रदेश

कपिलधाममा कसम खाएर घरदैलो अभियानमा लागे राप्रपाका उम्मे्दवार




कपिलवस्तु, १९ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवा्रलाई कसम खुवाएर घरदैलो अभियानमा पठाएको छ ।
आइतबार जिल्लाको वाणगंगा ७ कपिलधाममा नगर प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडाका वडाअध्यक्ष, सदस्यका उम्मेदवारलाई कमस खुवाउदै घरदैलो अभियानमा पठाएको हो ।
राप्रपा कपिलवस्तुले आफ्ना उम्मेदवारलाई नगरको कुनैपनि पदमा निर्वाचित भएमा पक्षपातरहित तवरले आफ्नो पदिय जिम्मेवारी इमान्दातापूर्वक पालना गर्ने, भ्रष्टचार नगर्ने, नगराउने र कमिसन नखाने कसम खुवाएको छ ।
कपिलधाममा रहेको शिवमन्दिर अगाडी राप्रपाका उम्मेद्वारलाई राप्रपा केन्द्रिय सदस्य धुब्र रायमाझीले कसम खुवाउनुभएको हो । सो क्रममा स्वस्ती वाचन पनि गरिएको थियो ।
कार्यक्रममा राप्रपा वाणगंगा नगरप्रमुखका उम्मेद्वार, उपप्रमुख सम्पूर्ण वडाअध्यक्ष, सदस्यका उम्मेद्वार लगाएको सहभागिता रहेको थियो ।
यसैबीच आज वाणगंगाको वडा नम्बर ९ भलवाडमा घरदैलो कार्यक्रम गरेको छ । नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवार सहित घरदैलो अभियान गरिएकोे राप्रपा वाणगंगाले जनाएको छ । घरदैलो कार्यक्रममा उम्मेद्वार आफ्ना घोषणापत्र सहित जनताको घरआँगनमा पुगेका छन् । जनताबाट राम्रो प्रतिक्रया पाएको भन्दै आफ्नो जित सुनिश्चत रहेको केन्द्रिय सदस्य धुब्र रायमाझीले बताउनुभयो । राप्रपाको राष्ट्रवादी एजेन्डाका कारण पछिल्लो समय राप्रपामा जनलहर बढेको उहाको दाबी छ ।
यस्तै बाणगंगा ८ बोडगाउँमा पनि राप्रपाको घरदैलो कार्यक्रम जारी छ । राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको राप्रपा बाणगंगाले जनाएको छ ।
राप्रपाबाट मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार डिल्ली शर्मा, वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार भगे्रन्द्र बहादुर उचै ठकुरीसहित नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा राप्रपाप्रति आम नागरिकको एक छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो ।
देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सहि दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफु समक्ष गुनासो गरेको केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो ।
राप्रपाको घरदैलो कार्यक्रम अन्तर्गत आज वडा नं.९ र ६, वैशाख २० गते वडा नं.१, वैशाख २१ गते वडा नं.११ र २, वैशाख २२ गते वडा नं. ५ र ४, वैशाख २३ गते वडा नं.१० र वैशाख २४ गते वडा नं।३, वैशाख २५ वडा नं.५ र ६ मा अभियान संचालन गरिने छ । राप्रपाले बाणगंगाका ११ वटै वडामा उम्मेदवार खडा गरेको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६