प्रदेश

योजनामा रहेका अधुरा कामलाई पुरा गर्न आफु पुर्न वडा अध्यक्षमा उठेको अर्यालको तर्क




बाणगंगा, २० बैशाख ।
बाणगंगा नगरपालिकामा चार दलिय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका साझा उम्मेद्धारहरुले जनताको घरघरमा गई चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । चारदलीय गठबन्धनले कपिलवस्तुको बाणगंगामा मेयर र उपमेयर सहित ११ वटै वडामा भागबण्डा गरी चुनावी मैदानमा छ । बैशाख ३० गते हुने स्थानीय तहका मेयर, उपमेयर, वडा अध्यक्ष सदस्यका उम्मेदवार लगाएत पार्टी नेता कार्यकर्ताहरुले टोलीले चुनावी अभियानमा जुटेका छन् ।

वडा नंं ११ का वडा अध्यक्षका उम्मेदवार सोमनाथ अर्यालले योजनामा रहको अधुरा कामलाई पुरा गर्न आफु पुर्न वडा अध्यक्षमा उठेको बताउनु भयो । पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सारेकाले वडालाई समृद्ध बताउदै सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङकन गरेको बताउदै लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका छन् । उमेदारमा अर्यालल सहित वडा सदस्य धुव चन्द्र थारु, गंगा राम मगर, महिला वडा सदस्य लक्ष्मी थारु,दलित महिला सदस्य तिलकुमारी परिवार सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा नं ११ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । वडा बिकासका लागी उम्मेद्धवार घोषणा पत्र र शुभकामना पत्र लिएर उमेदवारहरु घरदैलो गरेका हुन । उम्मेदवारलाई जिताउन पार्टी नेता तथा कार्यकर्ताले घरदैलो सुरु गरेका हुन ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६