बुुटवल २१ बैसाख । नेकपा एमाले तिलोत्तमाका नगरप्रमुख पदका उम्मेदवार मोहन चापागाईको घोषणाले तिलोत्तमाका टोलटोलमा उत्साह छाएको छ।एमालेले तिलोत्तमामा सामुहिक आम्दानीका लागि एक टोल एक उद्योगको अवधारणा अघि सारे पछि टोलटोलका मतदातामा उत्साह आएको हो।सामुहिक लगानीमा स्थापना हुने मझौला उद्योगमार्फत सिंगो टोलले आम्दानी लिने,आम्दानी बढ्दै गएपछि उद्योग थप्दै जाने, उत्पादन बढाउंदै लैजाने र त्यस्ता उद्योगमा टोलभित्रकै न्यून आय भएका परिवारका सदस्यहरुलाई प्राथमिकताका आधारमा रोजगारी दिने एमालेको प्रस्ताव छ।यो प्रस्तावले सानो लगानी गरेर भएपनि नेपालमै बसेर उद्यमशिल बन्न चाहनेहरुका लागि उत्साह थपेको तिलोत्तमाको शंकरनगरकी महिला उद्यमी प्रतिमा पन्तले बताईन।
तिलोत्तमा—१३ का रुद्रप्रसाद आचार्यले प्रत्येक टोलमा उद्योग स्थापना गरेर सामुदायिक विकासमा लगानी गर्ने, न्यून आय भएका परिवारलाई रोजगारी दिने र सम्मृद्ध समाज निर्माण गर्ने चापागाईंको प्रस्तावले सिंगोे तिलोत्तमा उत्साहित भएको बताए।तिलोत्तमा पूर्वाधार लगायतका अरु विकासे आयोजनाले सम्मृद्ध हुंदै छ,अब उत्पादन र रोजगारीका क्षेत्रमा काम हुन थालेको सुनेर खुसी लागेको उनको भनाई छ ।शंकरनगरकै कृष्ण पन्थीले मुलुकमै पहिलो पटक तिलोत्तमाका उम्मेदवार चापागाईंले कार्यान्वयन गर्न सकिने खालको समाजवादी योजना अघि सारेको र यसलाई कार्यान्वयन गर्न यहांका सवै जनताले साथ दिने बताए ।नेकपा एमालेका तर्फबाट तिलोत्तमा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले चुनाव जितेपछि नमुना अभ्यासका लागि पालिकाभित्रका कम्तिमा दुइवटा टोल छनोट गरेर यस्ता उद्योगहरु स्थापना गर्ने र सफल भएपछि सवै टोलमा विस्तार गरिने बताए।“हाम्रो पार्टीको मूल नारा नै जवजको मार्गदर्शनमा समाजबादको आधार तयार गरौं भन्ने छ, समाजबादको आधार तय गर्न सामुहिक लगानी र उत्पादनमार्फत सामुहिक आम्दानी जरुरी छ,त्यसका लागि हामीले टोलटोलमा मझौला उद्योगहरुको अवधारणा अघि सारेका छौं ” प्रमुख पदका उम्मेदवार चापागाईले भने।चापागाईले अघि सारेको यो अबधारणा अहिले सिंगो रुपन्देहीको चर्चाको विषय बनेको छ।
तिलोत्तमाका मतदाताहरुले चापागाईले अघि सारेको यो अभियानलाई साथ दिने बताएका छन्।चापागाईले अघि सारेको अवधारणा अनुसार त्यसरी स्थापना हुने उद्योगहरु प्रदूषणमुक्त मझौला र घरेलु उद्योगहरु हुनेछन् । समुदाय र पालिकाको लगानीमा स्थापना हुने त्यस्ता उद्योगहरुमा टोलभित्रका स्थायी वासिन्दाको सामुहिक स्वामित्व हुनेछ।प्राथमिकताका आधारमा विपन्न परिवारका सदस्यहरुलाई रोजगारी दिइनेछ ।उद्योगले उत्पादन गर्ने वस्तुहरुको गुणस्तर कायम गर्ने र बजार ग्यारेन्टी गर्ने काममा पालिकाले सहयोग गर्नेछ।उद्योगबाट भएको आम्दानी टोलभित्रका पूर्वाधारहरुको निर्माण र नागरिकको शिक्षा,स्वास्थ्य र रोजगारीका लागि लगानी हुनेछ । यससंगै त्यस्ता टोलहरुमा नैतिक शिक्षा,पञ्चशील शिक्षा र समाजवादी अवधारणाका तालिमहरु चलाइनेछ। “मानिस सामाजिक प्रााणी हो,हामी समाजका लागि योगदान गछौं,समाजले हाम्रो ग्यारेन्टी लिन्छ भन्ने कुरा सवैलाई बुझाउन सकियो भने हामी छिट्टै सम्मृद्धिको बाटोमा जान्छौं”—प्रमुख पदका उम्मेदवार चापागाईले भने।उनले यस्ता उद्योगमार्फत प्याकेजिङ्,फिलिङ्,ग्रेडिङ् तथा खाद्यान्नहरुको उत्पादन गर्न सकिने बताए।विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका चापागाई लामो समय पत्रकारिता हुंदै एमाले राजनीतिमा सक्रिय भएका हुन्। मुलुकका थुप्रै राष्ट्रिय स्तरका संघसंस्थाहरुको सफल नेतृत्व गरेका चापागाईलाई बौद्धिक र कुटनीतिक योजनाकार मानिन्छ








प्रतिक्रिया