प्रदेश

‘बुद्धभूमि मुलुक कै नमुना बन्छ, कृषक र विपन्न समुदायलाई खुसी बनाउछु’: एमाले मेयर उम्मेदवार खनाल




कपिलवस्तु वैशाख २१ गते ।
नेकपा एमाले बुद्धभूमि नगरपालिकाका नगरप्रमुख पदमा उम्मेदवार पिताम्वर खनालले नगरपालिकालाई मुलुक कै नमुना नगरपालिका बनाउने प्रतिवद्धता गर्नु भएको छ । घरदैलो गर्नेक्रममा मतदाता सँग उहाले संकल्प गर्नु भएको हो ।
उहाँले जनप्रतिनिधि इमान्दार, जनताको भावना बुझ्ने खालको, विकास प्रेमि हुनु पर्ने बताउनु भएको थियो । अघिल्ला जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त हुने । गिटी बालुवा निकासीमा शेयर लगाउने , एक्साभेटर लगाएर चोर्दा पनि चुपलागेर बस्ने ठेक्का पट्टामा सेटिङ मिलाएर काम गर्ने स्वाभावको भएको हुँदा बुद्धभूमिमा कमसल काम भएको दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘ नपत्याए नगरपालिकाले बनाएको बाटो हेर्नुस १ वर्ष नटिकी भत्किन सुरु गरेका छन् । गव्दहवा खोलामा टिप्पर डुव्ने गरी एक्साभेटरले गिट्टी बालुवा निकालेका छन् । ’ सूर्य चिन्ह लिएर निर्वाचन लड्नु भएका खनालले कृषक लाई सिंचाईको व्यवस्था गर्ने, मलखाद र विउ विजन अनुदानमा उपलव्ध गराउने र कृषि विमामा छुट दिने बताउनु भएको छ ।
मधेशका जनता व्यवसाय मुलक कृषिमा लागेका हुँदा नगरपालिकालाई तरकारी, पशुपालन र माछा पालनमा आत्मनिर्भर बनाउने दाबी गर्नु भयो । बुद्धभुमिले ५० प्रतिशत कृषि अनुदान दिने गरेको र कृषकलाई अनुदानको दायरा बढाएरु ७५ भन्दा वढी बनाउने उहाँले बताउनु भयो । एमालेले जितेका पालिकाहरुले यस अगाडी ७५ प्रतिशत अनुदान दिएको समेत दावी गर्नु भयो ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६