प्रदेश

सौन्दर्यकरणको नमुना वार्ड बनाउन्छौं: प्रत्यासी गिरी




कपिलवस्तु, वैशाख २१
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका प्रत्यासी विष्णु गिरीले वडा नं. ७ लाई प्रदेशकै नमुना सौन्दर्य वडाको रुपमा विकास गर्ने बताउनु भयो । अध्यक्षका प्रत्यासी गिरीले एक घर एक विरुवाको नीति लागु गर्ने, वडामा रहेका सार्वजनिक स्थलहरुमा पुष्प पार्क तथा बाल उद्यान निर्माण गर्ने, म सफ गछु मेरो वडा कार्यक्रमको प्रभावकारी संचालन गर्ने, वडामा नमुना गाउँ निर्माण गरी एक गाउँ एकै कलरका घर नीति लागु गर्ने , नविकरणिय र बैकल्पिक उर्जाका माध्यमले उज्यालो नगर कार्यक्रम लागु गर्ने, वडाका सडकहरुमा सडक वत्ति जडान गर्ने, बनभोज स्थलको रुपमा रहेको खारखानीको ब्यवस्थित विकास गर्ने विषय आफ्ना मुख्य प्राथमिकता रहेको बताउनु भयो । अध्यक्षका प्रत्यासी गिरीले सुत्केरी, वृद्ध , सुकुम्वासी, विपन्न, र दलितका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने दावी गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी गिरीले वडाको मोतिपुर डाडा, धैरेनीडाडा, कोइली चौर लगायतका बस्तीको घरदैलो अभियानका क्रममा मतदाताको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वडा स्तरको घरदैलो अभियानमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेता पुष्पराज खनाल, टोेप बहादुर थापा, वडा अध्यक्ष प्रताप कुमार गिरी, कुशल दमासे, मान बहादुर कार्की, कृष्ण खनाल, विष्णु आचार्य वडा सदस्यका उम्मेद्वार , सावित्रा थारु, पार्वती सुनार, मुम बहादुर पाण्डे, हरिशंकर पौडेल जिल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको एमाले वडा नं. ७ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६