ब्रेकिंग न्युज

एमाले विरुद्धको गठबन्धन केवल २८ प्रतिशत पालिकामा सिमित




कपिलवस्तु २१ बैशाख । मुलुकभरका ७५३ पालिकाका वडातह सम्म गठबन्धन गरेर एमालेको क्लिन स्वीप गर्ने उद्घोष गरेका एकिकृत समाजवादीले कांग्रेससंग देशभर भएको २०९ पालिकाको गठबन्धनमा २८ पालिकामामात्र प्रमुख पाएर चित्त बुझाएको छ भने माओवादीले ४९ पालिकाको नेतृत्वमा सन्तुष्टि लिएको छ । पाँच दलिय गठबन्धनले चाहेर पनि देशभरका ७२ प्रतिशत पालिकामा पुरै सेटमा गठबन्धन हुन सकेन । केवल २८ प्रतिशत पालिकामा गठबन्धन गरेर एमालेसंग भिड्ने अवस्थामा पुगेको छ । यता लुम्बिनीका १ सय ९ पालिकामध्ये २८ मा मात्रै गठबन्धनका उम्मेदवार छन् । गुल्मीका ९ वटा पालिकामा अध्यक्षरप्रमुखमा उम्मेदवारी परेको छ । पाल्पाका ५, अर्घाखाँचीका ६ र रूपन्देहीको एउटा पालिकामा गठबन्धनले संयुक्त उम्मेदवारी उठाएको छ । रोल्पाका २, प्यूठानका ४ र बाँकेको १ पालिका प्रमुखमा गठबन्धनबाट उम्मेदवार छन् ।
आसन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने भने पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मै गठबन्धन भएको हो । कुल ७ सय ५३ स्थानीय तहमध्ये एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै गठबन्धन सम्भव भएको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । तालमेल गरिएका २ सय ९ मध्ये १ सय ३६ गाउँ पालिका हुन् भने ७३ नगरपालिका । दुवैमा महिला उम्मेदवार जम्मा ७र७ जना छन् । दलगत रूपमा कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुखरअध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनले प्रदेश १ मा सबैभन्दा बढी र मधेस प्रदेशमा सबैभन्दा थोरै पालिकामा तालमेल गरेका छन् । प्रदेश १ का १ सय ३७ पालिकामध्ये ५६ वटामा गठबन्धनले अध्यक्ष र प्रमुखमा संयुक्त उम्मेदवार उठाएको छ ।प्रदेश २ का १ सय ३६ पालिकामध्ये ४ मा मात्रै तालमेलमा उम्मेदवारी परेको छ । गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साह, कलैया उपमहानगरमा कांग्रेसका राजेश राय यादव, जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल र वीरगन्ज महानगरमा जसपाकै राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ ।
वाग्मतीका १ सय १९ पालिकामध्ये ३७ वटामा गठबन्धन देखिन्छ । दोलखाका ३, रामेछापको १, सिन्धुलीका ३, धादिङका ५, नुवाकोटको १, काठमाडौं महानगर, भक्तपुरको मध्यपुर थिमि, ललितपुरका ४, काभ्रेका ८, सिन्धुपाल्चोकको एक, मकवानपुरका चार, चितवनका ५ पालिकामा गठबन्धनले प्रमुखरअध्यक्षमा संयुक्त उम्मेदवारी दिएको छ । गण्डकीका ८५ पालिकामध्ये ३७ पालिकाको अध्यक्ष र प्रमुखमा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा छन् । मनाङका ४, लमजुङका ३, कास्कीका २, तनहुँका २, स्याङ्जाका ३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ वटा पालिका प्रमुखमा गठबन्धनको उम्मेदवारी परेको छ । मुस्ताङका ५ र बागलुङका ९ वटा पालिकामा गठबन्धनले प्रमुखमा उम्मेदवार उठाएको छ । पर्वतका ३ वटा पालिकामा मात्रै गठबन्धनको उम्मेदवारी परेको छ । कर्णालीका ७९ पालिकामध्ये २० वटामा मात्रै गठबन्धनका उम्मेदवार छन् । सल्यानको १, डोल्पाका ५, मुगुका २, कालीकोटको १, हुम्लाका ५, जाजरकोटका २, दैलेखका २ र सुर्खेतका २ वटा पालिकामा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ । गठबन्धनले कर्णालीमा दुई महिलालाई प्रमुखमा उम्मेदवार उठाएको छ । कालीकोटको खाँडाचक्र नगरप्रमुखमा ताराकुमारी शाह र जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षमा शिवा आचार्यलाई अघि सारिएको छ ।सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २७ मा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ । यसमा एक जना महिला छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसले सुशीला शाहीलाई प्रमुखमा उठाएको छ । बाजुरका ३, अछामका ३, बझाङका ९, कैलालीका ३, दार्चुलाका ४, बैतडीका ५ पालिकामा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६