कपिलवस्तु, २१ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा (एमाले)ले मायादेवी गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको छ । पार्टी जिल्ला सचिवालय सदस्य एवं निर्वाचन परिचालन कमिटी मायादेवीका संयोजक विष्णु गौतमको नेतृत्वमा अभियानले तिव्रता पाएको हो ।
शनिबारदेखि जारी चुनावी अभियान गाउँपालिकाका वडा नम्बर १, ५, ६ र ७ मा भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार वडा नं ६ मा घरदैलो अभियान उत्साहजनक रुपमा सम्पन्न भएको छ । अभियानमा पार्टीका जिल्ला सदस्य एवं गाउँपालिका इन्चार्ज तिरथ पासी, गाउँकमिटी अध्यक्ष एवं गाउँपालिका अध्यक्षका प्रत्यासी जगरनाथ कुर्मी, उपाध्यक्षकी प्रत्यासी विमला कुमारी पासी, वडाध्यक्षका प्रत्यासी विष्णुप्रसाद पाण्डेय, वडा सदस्यका प्रत्यासीहरु लगायत स्थानीय नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको सक्रिय सहभागिता रहेको थियो ।
मतदाता भेटघाटको क्रममा अध्यक्षका प्रत्यासी जगरनाथ कुर्मीले पालिकामा हुने सबै किसिमका भ्रष्टाचार र कमिशन अन्त्य गर्न आफुले उम्मेद्वारी दिएको बताउनु भयो । ‘हाम्रो गाउँपालिकामा बहुत भ्रटाचार हुनेगरेको छ । त्यसको निर्मूल पार्न म तयार भएको छु ।’ उहाँले भन्नुभयो, ‘हाम्रो पालिकामा धेरै बजेट आयो तर त्यो ठेकेदार मार्फत नै गयो । उपभोक्ता समितिलाई काम गर्न दिइएन । उपभोक्ता समितिलाई काम गर्न दिंदा कममिशन नआउने भएर ठेकेदारलाई नै काम दिने गरियो । म यस्तो कमिशनखोरीको अन्त्य गर्न चाहन्छु ।’
कुर्मीले नेकपा (एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका धेरै राम्रा काम गरेको भएर देशव्यापी एमालेको पक्षमा जनलहर आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वमा बाटोघाटोको सडक सञ्जाल निर्माण भएको देखेर जनताहरु उत्साहित भएका छन।’ । आफ्नो पार्टीको जित सुनिश्चित भएको बताउदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले जित्दा म पनि जित्छु, हाम्रा साथीले पनि जित्छन र आम जनताले पनि जित्छन ।’ आफ्नो पार्टीले जिते पछि पालिका भित्र शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा बढि ध्यान दिने प्रतिवद्धता समेत कुर्मीले जनाउनुभयो ।
उपाध्यक्षकी प्रत्यासी विमला कुमारी पासीले गाउँपालकामा असल नेतृत्वको अभाव हुँदा गाउँपालिका विकासमा सधै पछाडी परेको बताउनुभयो । आफु निर्वाचित भए पश्चात सर्वप्रथम जनताको आधारभूत आवश्यकता पुरा गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्षका प्रत्यासी विष्णुप्रसाद पाण्डेय आफु जनप्रतिनिधि नहुँदा पनि वडाको विकास निर्माणमा धेरै काम गरिसकेकाले जनताले आफुलाई जिताउने दावी गर्नुभयो । गाउँमा बाटो फराकिलो बनाउने, स्वाथ्य चौकी तथा खानेपानी उचित व्यवस्था मिलाउने, युवाहरुलाई रोजगारीको अवसर दिलाउने र कृषकहरुको लागि कृषि यान्त्रिकरण तथा सिंचाइ सुविधा उपलब्ध गराउने प्रतिवद्धता पाण्डेयले व्यक्त गर्नुभयो ।
२१ बैशाख २०७९, बुधबार
प्रतिक्रिया