प्रदेश

एक गाउँ एक उत्पादन अभियान संचालन गछौं: मेयरका प्रत्यासी अर्याल




कपिलवस्तु, वैशाख २१
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले एक गाउँ एक उत्पादनमा आफुहरुले जोड दिने बताउनु भएको छ । अध्यक्ष पदमा प्रत्यासी अर्यालले समग्र बाणगंगालाई समृद्ध बनाउन “बाणगंगा नगर समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर”को मूल प्रकरणलाई सफल तुल्याउन स्थानिय श्रोत साधनलाई आर्य आर्जन संग जोडेर लैजाने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले जंगल आसपासमा खेती किसानी गर्ने किसानको जनावरबाट हुने क्षेतीको नगरले कृषि विमा र राहत प्रदान गर्ने दावी गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले पिपरा अस्पतालमा रेविज खोप सेवा शुरु गरी ,डिजिटल एक्सरे मेसिन जडान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. २ का बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले वृद्ध वृद्धाका लागि घरमै स्वास्थ्य सेवा पु¥याउने बताउदै जोखिममा परेका बालबालिका तथा महिलाको उद्धार र राहतका लागि अलग्गै कोष र संयन्त्रको ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. २ का अध्यक्षका प्रत्यासी विष्णु पौडेलले आफु वडाबासीको अभिभावकको जिम्मेवारी पूर्वक काम गर्दै प्राथमिकताका आधारमा वडाका योजनाहरु सम्पन्न गर्ने बताउनुभ भयो ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६